काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु हुने स्कुटर चालक पुरुष भएको प्रहरीले बताएको छ । मृतक करिब २०–२५ वर्षीय पुरुष भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए ।
स्कुटर चालकको साथमा उत्तम कोइरालाको ब्लुबुक फेला परेको छ । स्कुटर चालक उनी नै हुनसक्ने आकलन गरिएको तर, सनाखत गर्ने प्रयास भइरहेको डीएसपी कार्कीले बताए ।
ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले बा.४९ प ८९४४ नम्बरकको स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । स्कुटर चालकलाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
ट्रक र स्कुटर दुवै काठमाडौँबाट भक्तपुर जाँदै थिए । दुर्घटनामा मृत्यु भएकाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । ट्रक सशस्त्र प्रहरी गण नम्बर–२ महाराजगञ्जमा लगेर राखिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
1
+1
+1
Views: 81