वीरगन्ज – वीरगन्ज नाका हुँदै भारत तस्करी गर्न लागिएको भेप(विधुतीय चुरोट)सशस्त्र प्रहरीले बरामद गरेको छ। वीरगन्जबाट टाँगामा राखेर रक्सौल लैजाँदै गरिएको करिब १४ लाख रुपैयाँ बराबरको भेप वीरगन्ज भन्सार नाकाबाट सशस्त्र प्रहरीले बरामद गरेको हो।
भन्सार क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलीले रक्सौल जाँदै गरेको टाँगा रोकेर चेकजाँच गर्दा टाँगाको सिटमुनि फल्स बटम बनाएर लुकाइएको अवस्थामा ४५० थान भेप बरामद भएको सशस्त्र प्रहरी बल १३ नम्बर गुल्म हेड क्वाटरले जनाएको छ।
बरामद भेप र घोडासहितको टाँगा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद भेपको बजार मूल्य १३ लाख ८५ हजार रूपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
1
+1
+1
+1
Views: 63