Aamsanchar

‘याक्थुङ स्टार’ को डिजिटल अडिसन खुल्ला, यसरी घरबाटनै जनाउनुहोस् सहभागिता

Author Image
शनिवार, भदौ १, २०८१

झापा:  ‘याक्थुङ स्टार सिजन २ ’ को डिजिटल अडिसन आज (शनिबार) बाट खुलेको छ । जस्कालागि घरबाटनै ह्वाटस् एप नम्बर +९७७ ९७४५४६८७७० मा घरबाटनै लिम्बु भाषमा कम्तीमा १ मिनेटको गित रेकर्ड गरेर पठाउन सकिने छ ।

डिजिटल अडिसनका लागि २१ दिनको समय छुट्याईएको ‘याक्थुङ स्टार’ का संयोजक ब्रोसिस माबोहाङ लिम्बूले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिए । छनौट भएका प्रतिस्पर्धी दास्रो राउण्डमा प्रबेश गर्नेछन् । अन्तराष्ट्रिय प्रतियोगीता भएकाले जो कसैले सहभागिता जनाउन सक्नेछन् । बिर्तामोडमा हुने फाइनल प्रतियोगिताको विजेताले नगद चार लाख, दोस्रो हुनेले दुई लाख ५० हजार र तेस्रो हुनेले एक लाख ५० रुपैयाँ पाउने छन् ।

याक्थुङ भाषा याक्थुङ लिपि याक्थुङहरुको सान, अस्तित्व र मौलिकता बचाउने याक्थुङ स्टारको अभियान भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको आयोजक अमर कृति म्युजिक प्रालिका ब्रोसिस माबोहाङ लिम्बूले जानकारी दिए ।

यस अघि‘याक्थुङ स्टार सिजन १ ’को बिजेता सिक्किम की अन्जना नाल्बो भएकी थिइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर