महोत्तरी – महोत्तरीको जलेश्वर नगरपालिका–५ का गफुर राइनसँग अवैध रूपमा रकम माग गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीकै रामगोपालपुर नगरपालिका–५ घर भई जलेश्वरमा डेरा गरी बस्दै आएका २४ वर्षीय सुनीलकुमार राउत र १९ वर्षीय करण मण्डल रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।
केही दिनदेखि आफूलाई दुवै युवकले बाटोमा भेटेर चिठीमा लेखेर ९२ हजार रुपैयाँ माग गरेको र धम्की दिने गरेपछि गफुरले प्रहरीमा जानकारी गराएका थिए ।
सोही जानकारीका आधारमा प्रहरीले दुवै युवकलाई जलेश्वर–१ स्थित महादेव मन्दिर परिसरबाट पक्राउ गरेको हो । पक्राउ गरिएका दुवै युवकमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 64