झापा – झापामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक भुटानी शरणार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर जी ३ घर भइ हाल बिर्तामोड नगरपालिका–१ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार राति साढे ९ बजे बिर्तामोड–१ स्थित पश्चिम बस स्ट्यान्डमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।
उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 58