काठमाडौं – परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतका विदेशमन्त्री एस जयशंकरसँगको द्विपक्षीय भेटवार्ता फलदायी भएको दाबी गरेकी छन् । सोमबार नयाँदिल्लीमा भारतीय विदेशमन्त्रीसँगको भेटपछि उनले यस्तो दाबी गरेकी हुन् ।
“एस जयशंकरसँग नयाँदिल्लीमा फलदायी भेट भयो । द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो,” परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा लेखेकी छन् ।
आफ्नो भ्रमणले नेपाल र भारतबीचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास आफूले लिएको उनले बताएकी छन् ।
परराष्ट्रमन्त्री राणा पाँचदिने भ्रमणको सिलसिलामा आइतबार त्यसतर्फ गएकी हुन् । उनले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 70