काठमाण्डौ – २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई २–० गोलले हरायो । यो जीतसँगै बङ्गलादेश पनि सेमिफाइनलमा पुगेको छ । श्रीलङ्का लगातार दुई खेल हार्दै समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ । समूह ´ए` को अन्तिम खेलमा पर्सि बिहीवार नेपाल र बङ्गलादेश खेल्नेछन् । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलले हराएको थियो ।
प्रतियोगितामा भोलि समूह ुबीु का माल्दिभ्स र भुटान खेल्दैछन् । प्रतियोगिताको समूह ुएु मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का तथा समूह ुबीु मा भारत, माल्दिभ्स र भुटान छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 71