Aamsanchar

कोशी प्रदेशसभाको बैठक भदौ १८ गते

Author Image
मङ्गलवार, भदौ ४, २०८१

विराटनगर – कोशी प्रदेशसभाको बैठक भदौ १८ गते बस्ने भएको छ। चालू आर्थिक वर्षको बजेट पारित गरेपछि असार ८ गते स्थगित प्रदेशसभाको बैठक अझैसम्म बस्न सकेको छैन।

जनसरोकारका विषय छलफल गर्नुपर्ने भन्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केही दिनअघि नै तत्काल प्रदेशसभाको बैठक राख्न माग गरेका थिए।

केन्द्रको राजनीतिक समीकरण बदलिएसँगै कोशीमा काँग्रेसमा सरकारमा को जाने भन्ने विषय नै टुंगो नलागेपछि काँग्रेसको मन्त्रिपरिषद्‌मा सहभागी भएपछि बैठक राख्ने सरकारको भनाइ थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर