Aamsanchar

यो पहाडको सिरसिर …(गीति कविता)

Author Image
मङ्गलवार, भदौ ४, २०८१


यो पहाडको सिरसिर हावाले मायाको आभास गरायो
त्यो अनुहार हेरिरहन मन लागेर यहाँ सम्म पुगियो
के पाए, के गुमाए ,केही थाहा छैन
भेट हुदा खुसी छु केही गुनासो छैन

तिम्रो एउटा शब्द सुन्न आतुर छ मन
तिम्रो बोली मात्र सुने खुसी हुन्छ मन
त्यो बोलीको मिठासमा भुलेको छ मन
एउटा तिम्रो बोलिले पिडाहरु भुल्छु झन

तिमिलाई माया गरौ तिम्रै भएर बाच्न सकु
यो मनमा तिम्रो नाम कोर्न सकु
त्यहाँ सम्म पुग्नलाई बाहना चाहेको छ
एउटा सपना ,एउटा चाहना तिम्रो साथ पाउनु छ

गोबिन्द राज ओझा (राजन )
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल डोटी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर