काठमाडौं –नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी श्रीलंकाको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका छन् ।
श्रीलंका फुटबल महासंघले मंगलबार अल्मुताइरीलाई एएफसी छनोटका लागि अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो ।
एएफसी छनोटका क्रममा श्रीलंकाले ५ र १० सेप्टेम्बर मा कम्बोडियासँग खेल्दैछ । अल्मुताइरी यसअघि सन् २०२१ देखि २०२२ सम्म नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षक रहेका थिए ।
उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको फाइनल खेलेको थियो । खेलाडीसँगको विवादका कारण उनी सम्झौता सकिनुपूर्व नै पदमुक्त भएका थिए ।
नेपाली टिमपछि अल्मुताइरी अफगानिस्तानको मुख्य प्रशिक्षक पनि भएका थिए । तर यहाँ पनि विश्वकप छनोटकै दौरान उनलाई पदबाट हटाइएको थियो । त्यसपछि कुवेती क्लब पुगेका उनको त्यहाँ पनि बसाई लामो रहेन ।