काठमाण्डौ – २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा समूह चरणको अन्तिम खेलमा आज समूह ‘बी’ का भारत र माल्दिभ्स खेल्दैछन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे यो खेल हुँदैछ ।
यो खेलबाट सेमिफाइनल समीकरण पूरा हुनेछ । यो समूहको अर्को टोली भुटानले पनि अन्तिम चारमा पुग्ने सम्भावना कायमै राखेको छ । सेमिफाइनलमा एउटा समूहको विजेताले अर्को समूहको उपविजेतासँग खेल्नेछ ।
यसअघि हिजोको खेलमा बङ्गलादेशलाई हराउँदै नेपाल समूह ‘ए’ को विजेता बनेको छ । नेपाल र बङ्गलादेश यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । यो समूहको श्रीलङ्का भने लगातार दुई खेलमा हार बेहोर्दै समूह चरणबाटै बाहिरिइसकेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 63