Aamsanchar

३८ दिने श्रावणाी मेला सम्पन्न

Author Image
शुक्रवार, भदौ ७, २०८१

काठमाण्डौ – भक्तपुरमा रहेको केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिने श्रावणाी मेला सकिएको छ । साउन १ गतेदेखि शुरु भएको मेला हिजो सकिएको हो । सूर्यविनायक नगरपालिका‐८ सिपाडोलमा रहेको डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर भाग घोषणा गरिएको दिन हिजो मन्दिरका चारै ढोका खुला गरी दर्शनार्थीले मन्दिरभित्र पसेर पूजा गर्न पाउने व्यवस्था गरिएको थियो ।

हिजो १५ हजारभन्दा धेरै भक्तजनले दर्शन गरेका डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार यस मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते गरी वर्षमा तीन दिन मात्रै मन्दिरको चारै ढोका खुला गरेर दर्शनार्थीलाई मन्दिरभित्र पसेर शिला छोएर पूजा गर्ने व्यवस्था गरिएको छ ।

श्रावणी मेला अवधिभर डोलेश्वरमा चार लाख भक्तजनको आगमन भएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो । मेलाको अवधिभर मन्दिर आउने भक्तजनबाट दानस्वरुप ८५ लाख ४७ हजार रुपैयाँ सङ्कलन भएको समितिले जनाएको छ । त्यसमध्ये, ४५ लाख २० हजार रुपैयाँ भक्तजनहरूले रसिद काटेर सहयोग गरेको र ४० लाख २७ हजार रुपैयाँ मठ तथा मूर्तिमा चढाइएकोबाट सङ्कलन भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)