बिर्तामोड । झापा बिर्तामोडका व्यवसायी महेन्द्रप्रसाद प्रसाईं आफूले पैसा दिएका ऋणीको घरमा मृत भेटिएका छन् ।
घटनास्थलमा प्रहरी पुगिसकेको छ भने मैनालीको घरलाई घेराबन्दी गरिएको छ ।
बिर्तामोड–१ सिनेप्लजा नजिकै घर भएका नरेन्द्र मैनालीको घरमा प्रसाईं आज मृत भेटिएका छन् । मैनालीले प्रसाईंको करोडौँ ऋण नतिरेको भनाइ छ ।
घरजग्गाको व्यवसाय गर्दै आएका प्रसाईं बिएन्डसीको स्थापनाकालमा शेयर सदस्य रहेका थिए ।
मैनालीले प्रसाईंसहित बिर्तामोड र आसपासका व्यवसायीको दुई अर्ब रुपैयाँभन्दा बढी रकम लिएर भागिरहेको बताइन्छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
+1
+1
+1
1
+1
1
Views: 82