Aamsanchar

अस्पतालबाट भगेका इलाका प्रहरी कार्यालय बिर्तामोडका थुनुवा प*क्राउ

Author Image
शनिवार, भदौ ८, २०८१

बिर्तामोड-चार दिनअघि उपचारमा गएको बेला हत्कडी फुस्काई फरार भएका इलाका प्रहरी कार्यालय बिर्तामोडका थुनुवा विशाल राईलाई शनिबार पक्राउ परेका छन् ।

अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा रहेको घिसिङ मोटरसाइकल ग्यारेज छेउको चिया पसलको भित्रपट्टी चुरोट खाई बसिरहेको अवस्थामा राईलाई बिहान ११ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताउँनुभयो ।

गत मङ्गलबार दिउँसो उपचारका लागि बिर्तासिटी अस्पताल लगिएका थुनुवा २५ वर्षीय बिशाल राई हतकडी फुस्काई फरार भएका थिए । दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक नगरपालिका वडा न.३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल न.१ मा डेरा गरी बस्ने राई हतकडी फुस्काई फरार भएपछि खोजी कार्य तीव्र पारिएको थियो । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको टोली चार दिनदेखि खटिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)