Aamsanchar

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा निकै ठूलो भ्रष्टाचार भएको तथ्य फेला : लिङ्देन

Author Image
शनिवार, भदौ ८, २०८१


सिड्नी – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा निकै ठूलो भ्रष्टाचार भएको केही तथ्य फेलापरेको बताएका छन् । अस्ट्रेलियाको सिड्नीमा झापाली समाजले आयोजना गरेको साक्षात्कार कार्यक्रममा लिङदेनले यस्तो बताएका हुन् ।

पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारका विषयमा संसदीय छानबिन समितिको संयोजक भएको नाताले अहिले सबै कुरा बताउन नमिल्ने उनले उल्लेख गरे । तर, केही बदमासीको तथ्य प्राप्त भएको उनले जानकारी गराए ।

विगतमा आफूले हिन्दुराष्ट्र र राजतन्त्रका पक्षमा बोल्दा नकारात्मक टिप्पणी गर्ने गरिएको पनि उनले स्मरण गरे । भोलिका दिनमा जे पनि हुन सक्ने उनको भनाइ थियो ।

“लिम्बूको छोराले हिन्दुत्व र राजा मुलुकका लागि आवश्यक छ भन्दा झापामा मलाई यो बहुलायो भन्थे । तर, मेरो बाटो सही थियो र आज म एउटा राष्ट्रिय पार्टीको अध्यक्ष र सांसद छु,” उनले भने, “एक दिन कसले देखेको छ, म मुलुक हाँक्ने ठाउँमा पुग्छु कि !”

सधैँ मुलुकको उन्नति–प्रगतिको चाहना राख्ने देशबाहिर रहेका लाखौँ नेपालीको भावनालाई राष्ट्रको हितमा प्रयोग गर्न नसक्नु सबैभन्दा ठूलो कमजोरी रहेको उनले टिप्पणी गरे ।

गैरआवासीय नेपाली संघको पहलमा भएको दोहोरो नागरिकताको पक्षमा आफ्नो पार्टी सधैँ अडिग रहेको उनले बताए । तर, यो प्राप्तिपछि केही गुनासा आउन थालेको र प्राविधिक कमजोरी रहेको उनले उनले उल्लेख गरे ।

प्रवासी नेपालीको सीप र पुँजी मुलुकमा भित्र्याउन नेपालले पनि इजरायलको जस्तो नीति अपनाउनुपर्नेमा उनले जोड दिए । “संसारभर छरिएर रहेका जुइसहरू स्वतः इजरायली नागरिक हुने र लगानीका सबै बाटो खोलेका कारण आज इजरायल इजरायल बनेको छ, हामीेले त्यो गर्नु नहुने केही छ ?,” लिङदेनले प्रश्न गरे ।

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आउँदासम्म एउटै अनुहार सधैँ सरकारमा रहेका कारण मुलुक बन्न नसकेको उनले ठोकुवा गरे । “नेता ठिक भयो भने मुलुक बन्ने हो । यति बेला मुलुकमा नेता ठिक छैनन्,” उनले भने, “त्यसैले परिवर्तन अहिलेको आवश्यकता हो ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर