

काठमाडौं – रामेछापको दोरम्बा शैलुङ ३ लेखर्कमा गएको पहिरोमा परी बेपत्ता भएका ६ जनाको शव भेटिएको छ।

मृत्यु हुनेमा चण्डिका थापामगर र उनका २ वर्षका छोरा आयुस रहेका छन्। थापामगर शिक्षिका हुन्। मृतक अन्य ४ जनाको पहिचान खुल्न बाँकी रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन्।

पुड्की पहरी, उर्मिला पहरी, सन्तोष पहरी, विज्ञान पहरी, सन्दीप पहरी, काले पहरी झ्याउकिरी पहरी र विपिता पहरी पनि पहिरोमा परेका छन्।
भेटिएका थप ४ वटा शव उनीहरु मध्येकै हुनसक्ने अनुमान प्रहरीको छ।
गएराति गएको पहिरोमा परी ४ जना अझै बेपत्ता छन्। अञ्जना पहरीको सकुशल उद्धार गरिएको छ। उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
Views: 78


