Aamsanchar

संखुवासभा : ड्युटीमै ढलेका प्रहरी हवल्दारको उपचारकै क्रममा ज्यान गयाे

Author Image
आइतवार, भदौ ९, २०८१

संखुवासभा – संखुवासभाको मादी नगरपालिका –२ प्रहरी चौकी मंगलबारेमा कार्यरत प्रहरी सहायक हवल्दारको निधन भएको छ। प्रहरी चौकी मंगलबारेमा ड्युटी गर्दागर्दै अचानक बेहोस भएका प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौला उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

डिएसपी श्रेष्ठका अनुसार प्रहरी चौकी मंगलबारेमा कार्यरत प्रहरी सहायक हवल्दार निरौला शनिबार दिउँसो ड्युटी गर्दागर्दै अचानक बेहोस भएका थिए।

प्रहरी सहायक हवल्दार निरौला ड्युटी गर्दागर्दै एक्कासि लडेर बेहोस भएपछि उपचारका लागि तेह्रथुमको बसन्तपुरमा लगिएको थियो। प्रहरी साहयक हवल्दार निरौलालाई तेह्रथुम जिल्लाको बसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा गएराति मृत घोषणा गरिएको थियो। मृतक हवल्दार निरौलाको शव सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा आईतबार पोष्टमार्टम गरिएको छ।

पोष्टमार्टमपछि मृतकको शव आफन्तलाई बुझाईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२घर भई केही वर्षयता संखुवासभा जिल्लामा कार्यतर थिए।

त्यस्तैगरी चट्याङ लागेर जिल्लाको सिलिचोङ गाउँपालिका–४ मांतेवामा एक जनाको मृत्यु भएको छ। शनिबार राति घरमा परेको चट्याङले सिलिचोङ –४ मांतेवाका ३४ वर्षीय तीर्थराज कटुवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शव आइतबार जिल्ला अस्पतालमा ल्याइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर