Aamsanchar

सुनको भाउ आज

Author Image
आइतवार, भदौ ९, २०८१

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । शुक्रवार पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको बुधवार सुन अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार रुपैयाँ पुगेको थियो । आज चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेको छ । अस्ति तोलाको एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाका एक हजार आठ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२