Aamsanchar

कपिलवस्तुमा बस दुर्घटना, घाइतेकाे अवस्था कस्तो छ ?

Author Image
सोमवार, भदौ १०, २०८१

कपिलबस्तु-कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासास्थित भएको बस दुर्घटनाका सात जना गम्भीर घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको छ ।

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीका अनुसार सुर्खेतदेखि बुटवलतर्फ जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको थियो ।

दुर्घटनामापरी गम्भीर घाइते भएका उहाँहरूलाई थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको छ । बसमा चालकसहित २४ जना रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।

घाइतेमध्ये २ जनाको चन्द्रौटास्थित आधारभूत अस्पताल र १५ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ । बसचालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई बचाउने क्रममा सो बस तल गएर पल्टिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर