काठमाडौं – मोरङको विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदैछ। रथ यात्रा राधाकृष्ण मन्दिरबाट दिउँसो ३ शुरु हुनेछ।
यहाँ हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट रथयात्रा निकाक्ने गरिएको छ। वि.सं. १९८८ सालमा ‘खट’ यात्राबाट यो उत्सव आरम्भ भएको थियो। २०२५ सालदेखि खटसँगै रथयात्रा निकालिँदै आएको छ।
विराटनगर महानगरपालिका-१ स्थित राधाकृष्ण मन्दिरबाट निकालिने राधाकृष्णको युगल जोडीसहितको रथले विराटनगर बजार क्षेत्रको करिब आठ किलोमिटर यात्रा गर्नेछ ।
रथयात्रालाई लक्ष्य गरी उच्च सुरक्षा सतर्कता अपनाएको प्रहरीले जनाएको छ। कोशी प्रदेशमा सार्वजनिक बिदा छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
+1
Views: 95