

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

यसअघि, भदौ ५ गते एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।मंगलबारको तुलनामा छापावाल सुन प्रतितोला ८०० रुपैयाँमा बढेर आज कारोबार भएको हो । मंगलबार एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ८५५ रुपैयाँ कारोबार भएको छ । मंगलबार चाँदी एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

Views: 103

