Aamsanchar

साफ च्याम्पियनमा आज नेपाल र बङ्गलादेश भिडने, नेपाललाई ७ वर्षपछि उपाधि जित्ने अवसर

Author Image
बुधवार, भदौ १२, २०८१

काठमाडौं – नेपाल लामो समयपछि साफ उमेर समूहको फुटबल उपाधि जित्ने दाउमा रहेको छ। नेपालले आज बिस वर्ष मुनिको साफ च्याम्पियनमा बङ्गलादेशसँग उपाधि भिडन्त गर्दै छ। यी दुईबीचको खेल साढे २ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ।

पहिलो दुई संस्करणको विजेता नेपाललाई त्यसपछि सधैँ साफ उमेर समूहको फुटबलको उपाधिले लोभ्याइरहेको छ। नेपाल  वर्षपछि साफ उमेर समूहको फुटबल फाइनल खेल्न लागेको हो।

सन् २०१५ मा घरेलु मैदानमै भएको पहिलो संस्करणमा नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो। सन् २०१७ मा भुटानमा भएको दोस्रो संस्करणमा नेपालले उपाधि रक्षा गरेको थियो।

नेपालका प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठले मङ्गलबार फाइनलअघिको पत्रकार सम्मेलनमा फाइनल खेल्ने दुवै टिम राम्रो भएकाले खेल

प्रतिस्पर्धात्मक हुने बताए। “बङ्गलादेशले गत विजेता भारतलाई हराएर फाइनलमा स्थान बनाएको छ। त्यसैले बङ्गलादेशले उच्च

मनोबलमा खेल्ने छ तर हामी तयार छौँ। हाम्रो लक्ष्य उपाधि जित्नु हो र खेलाडीले रणनीतिअनुरूप खेलेमा हाम्रो जित पक्का छ,” प्रशिक्षक श्रेष्ठले भने। यस प्रतियोगितामा नेपाल र बङ्गलादेश एकै समूहमा परेका थिए। समूह चरणमा नेपालले बङ्गलादेशलाई २–१ ले हराएको थियो।

उनले फाइनलमा पनि बङ्गलादेशलाई हराएर उपाधि जितेर घरेलु समर्थकलाई खुसी पार्ने बताए। यस प्रतियोगिताको फाइनल दशरथ रङ्गशालामा हुने तय गरिएको थियो तर लगातार पानी परेकाले अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले फाइनल पनि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै हुने भएको छ। यसमा घरेलु टिमका प्रशिक्षक श्रेष्ठ खुसी छन्। “यसै मैदानमा हामीले

विगत लामो समयदेखि प्रशिक्षण गरेका छौँ । त्यसैले एन्फा मैदानमा खेल्दा हामीलाई सहज हुने छ। दशरथ रङ्गशालामा फाइनल भएको भए हजारौँ दर्शकको समर्थन पाइन्थ्यो तर सो मैदानमा खेल्ने अवसर नपाएकाले स्वाभाविक प्रदर्शन हुन नसक्ने डर पनि उत्तिकै हुन्थ्यो,” प्रशिक्षक श्रेष्ठको भनाइ छ।

नेपाली टिमका कप्तान कुशल देउवाले फाइनलका लागि आफू र आफ्नो टिम तयार भएको बताए। उनले फाइनलमा विपक्षीको कमीकमजोरीलाई अध्ययन गरेर र आफ्नो कमीकजमोरी सुधारेर राम्रो खेल खेल्ने प्रतिबद्धता जनाए। बङ्गलादेशका प्रशिक्षक मरुफुल हकले फाइनलमा आफू नेपालको तेज फरवार्ड लाइनबाट चिन्तित भएको बताए। प्रशिक्षक हकले भने, “नेपालका अग्रपङ्क्तिका खेलाडीहरू ‘स्पिडी’ छन्, हामीले उनीहरूलाई रोक्न विशेष ध्यान दिएका छौँ। यसबाहेक नेपाल घरेलु मैदानमा बलियो प्रतिद्वन्द्वी हो। उनीहरू मैदानसँग अभ्यस्त छन्। अहिलेसम्म हारको सामना नगरी फाइनलमा पुगेका छन्

समूह ‘ए’ मा समूह विजेता बन्ने क्रममा नेपालले श्रीलङ्का र बङ्गलादेशलाई पराजित गरेको थियो। पहिलो खेलमा नेपालले श्रीङ्कालाई १–० ले पराजित गरेको थियो। त्यसपछि नेपालले सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा हराएको थियो। समूह चरणमा

श्रीलङ्कालाई २–० ले हराएपछि बङ्गलादेशले फाइनल पुग्न भारतलाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेको थियो । बङ्गलादेश तेस्रो पटक फाइनल खेल्दै छ।

यसअघि सन् २०१९ र २०२२ मा बङ्गलादेश फाइनल पुगेको थियो तर दुवै पटक भारतसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

सन् २०१७ मा नेपाल च्याम्पियन बन्दा पनि बङ्गलादेश उपविजेता बनेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर