Aamsanchar

राष्ट्र बैंकले निक्षेप सङकलन गर्दै

Author Image
बिहिवार, भदौ १३, २०८१

काठमाण्डौ – बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह बढ्न नसक्दा नेपाल राष्ट्र बैंकले धमाधम निक्षेप तानिरहेको छ । चालू आर्थिक वर्षको डेढ महिना नपुग्दै राष्ट्र बैंकले दुई खर्ब ६१ अर्ब रुपैयाँ बजारबाट निक्षेप तानेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता बढेपछि राष्ट्र बैंकले धमाधम पैसा तानेर राखिरहेको हो ।

हिजो मात्रै राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । राष्ट्र बैंकले यसको भुक्तानी २१ दिनपछि गर्नेछ । यसअघि राष्ट्र बैंकले यही भदौको २ गते एक खर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको थियो ।

यस्तै, गएको साउन २३ गते ४० अर्ब, साउनको १० गते एक अर्ब १० करोड, साउनको १६ गते ४० अर्ब, साउनको ९ गते ४० अर्ब र साउनको २ गते ५० अर्ब रुपैयाँ राष्ट्र बैंकले निक्षेप सङ्कलन गरेको थियो ।

यस्तै, सरकारले आन्तरिक ऋण पनि उठाइरहेको छ । तर पनि बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम रोकिएको छैन ।

बजारमा नयाँ कलकारखाना नखुल्दा र पुराना उद्योग कलकारखानाले क्षमता विस्तार नगर्दा बैंक तथा वित्तीय संस्थाले क्षमता अनुसार ऋण प्रवाह गर्न सकेका छैनन् । अहिले बैंक तथा वित्तीय संस्थामा झण्डै सात खर्ब रुपैयाँ अधिक तरतला रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)