Aamsanchar

विषादी प्रयोगको अवस्था बुझ्न कार्यदल गठन

Author Image
बिहिवार, भदौ १३, २०८१

काठमाण्डौ – कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसानको स्वास्थ्यमा देखिएको समस्या अध्ययन गर्न पाँच सदस्य समिति गठन गर्नुभएको छ ।

केही दिनयता गोरखाको गण्डकी गाउँपालिकाका केही वडामा तरकारीखेतीमा अधिक विषादी प्रयोग गर्दा किसानकै स्वास्थ्यमा गम्भीर समस्या आएको समाचार सार्वजनिक भएपछि मन्त्री अधिकारीले अध्ययनका लागि कार्यदल गठन गर्नुभएको हो ।

मन्त्रिस्तरीय निर्णयबाट प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ ।

गण्डकी गाउँपालिकाका ६१ जना किसानमा क्यान्सर र १५ जनाको मिर्गौला फेल भएको समाचार सार्वजानिक भएको थियो । कार्यदललाई प्रभावित भनिएको ठाउँमै पुगेर वास्तविक अवस्थासहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।

अधिकृत पोखरेल नेतृत्वको कार्यदल हिजो नै प्रभावित ठाउँ पुगेर काम शुरू गरिसकेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर