Aamsanchar

गुजरातमा बाढीका कारण २८ जनाको मृ८त्यु

Author Image
बिहिवार, भदौ १३, २०८१

भारतको गुजरातमा लगातारको वर्षापछि आएको बाढीका कारण २८ जनाले ज्यान गुमाएका छन् । हजारौं मानिस प्रभावित भएका छन् । ४० हजार मानिसलाई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वर्षा र बाढीबाट सबैभन्दा धेरै प्रभावित बडोदरा शहरबाट सबै मानिस विस्थापित भएका छन् । गुजरात सरकारका प्रवक्तासमेत रहेका स्वास्थ्यमन्त्री ऋषिकेश पटेलका अनुसार शहरका धेरै क्षेत्रमा १० देखि १२ फिटसम्म पानी भरिएको छ ।

गुजरातमा पछिल्लो चार दिनदेखि वर्षा भइरहेको छ भने दुई दिनयता अति ठूलो पानी परिरहेको छ । बडोदरासहित गुजरातको सौराष्ट्र, जामनगर, पोरबन्दर, मोरबी, जूनागढ र राजकोट जिल्ला अति ठूलो वर्षाले अस्तव्यवस्त बनेका छन् । वर्षाका कारण नदीहरूमा जलसतह पनि बढेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर