Aamsanchar

च्याम्पियन्स लिगको ड्र सार्वजनिक

Author Image
शुक्रवार, भदौ १४, २०८१

काठमाडौं – नयाँ फरम्याटमा हुन लागेको च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ। गएराति मोनाकोमा भएको हाइ टेक ड्र अनुसार साविक विजेता रियाल मड्रिड र लिभरपुल लिग चरणमा नै आमने सामने हुनेछन्।

प्रविधीको उच्च प्रयोग भएको ड्र मा पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डो र इटालिका पुर्व गोलकिपर बुफन सहभागी थिए। रियाल र साविक उप विजेता बोरुसिया डर्टमन्डले पनि लिगमा प्रतिस्पर्धा गर्नेछन्।

गत सिजनमा रियाल, डर्टमन्डमाथि दुई शून्य गोलको जीत हात पार्दै च्याम्पियन भएको थियो। फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन ९पिएसजी०ले , जर्मन क्लब बायर्न म्युनिखको सामना गर्नेछ।

पिएसजीले एट्लेटिको मड्रिडसँग पनि खेल्नेछ। बार्सीलोनाले डर्टमन्ड र बायर्न विरुद्ध मैदान उत्रनु पर्नेछ। म्यानचेस्टर सिटीले पनि लिगमा पिएसजी र युभेन्टसबाट चुनौती पाउनेछ।

लिग चरणको खेल तालिका भोलि सार्वजनिक हुनेछ। यो पटकदेखि च्याम्पियन्स लिगमा कुल ३६ टिम सहभागी हुनेछन्।

प्रत्येक टिमले चार होम र चार अवे गरी आठ खेल खेल्नेछन्। यस्ले पुरानो फरम्याटको समूह चरणलाइ प्रतिस्थापन गरेको छ। शीर्ष आठमा रहने टिम राउन्ड अफ सिक्सटिनमा छनौट हुनेछन्।

नौ देखी २४ औं स्थानमा रहने टिमले प्ले अफ खेल्ने अवसर पाउनेछन्। सो भन्दा कम स्थानमा रहने टिम भने युरोपा लिगमा पनि छनौट हुने छैनन्।

राउन्ड अफ सिक्सटिनबाट भने च्याम्पियन्स लिग आफ्नो पुरानै फरम्याटमा फर्कनेछ। नयाँ फरम्याटमा प्रतियोगिता गएसँगै खेल संख्या १ सय २५ बाट १ सय ८९ पुगेको छ। १७ सेप्टेम्बरबाट शुरु हुने च्याम्पियन्स लिग जनवरी २९ मा सकिने छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर