काठमाडौं – बर्दियास्थित बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। बारबर्दिया नगरपालिका-९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरीको मृत्यु भएको हो।
बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति नहरको किनारमा बालिकाको चप्पल फेलापरेको थियो। बालिकाको शुक्रबार बिहान शव फेला परेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।
नहर किनारमा चप्पल फेला परेपछि प्रहरीले खोजी गर्दै जाँदा चार किलोमिटर पश्चिमतर्फ वडा नं ९ स्थित धोविनपुर भन्ने ठाउँमा बालिकाको शव भेटिएको हो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 68