Aamsanchar

अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको ह*त्या अभियोगमा बबीसिंह शाह पक्राउ

Author Image
शुक्रवार, भदौ १४, २०८१

अमेरिका – अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्या अभियोगमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन् । पाण्डेको टेक्सासको हयुष्टनमा गएको शनिवार हत्या भएको थियो । पाण्डेको हत्याका अभियोगमा शाहलाई पक्राउ गरी तस्बिरसमेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।

यसअघि त्यहाँको प्रहरीले पाण्डेको हत्यामा संलग्न व्यक्तिको सीसीटिभी फुजेटमा देखिएको तस्बिर सार्वजनिक गरेको थियो र उनलाई कसैले देखेको भए खबर गरिदिन अनुरोध गरेको थियो । यसको २४ घन्टा नहुँदै प्रहरीले शाहलाई पक्राउ गरेको हो ।

शाहले लुटपाटका क्रममा गोली हानी मुनाको हत्या गरेको अदालती कागजातमा उल्लेख छ । उनीविरुद्ध गैरकानुनी रूपमा हतियार बोकेको अभियोग पनि लागेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर