चितवन – चितवनका किसानले स्थानीय रूपमा उत्पादन भएको महको बजारीकरण गरिदिन माग गरेका छन् । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीलाई हिजो भेटेर किसानले महको उत्पादन र बजारीकरणमा देखिएको समस्या समाधान गरिदिन माग गरेका हुन् ।
कालिका नगरपालिकाका मेयर विनोद रेग्मीसहित काठमाण्डौ आएका किसानले यही अवस्था रहिरहे किसान पलायन हुन बाध्य हुने बताउनुभएको छ । नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिव पौडेलले किसानको मह बिक्री नभएर डम्पिङ हुने अवस्थामा आएको बताउनुभयो ।
कालिका नगरपालिकाका मेयर रेग्मीले कृषिमन्त्री अधिकारीलाई समग्र राष्ट्रिय मौरीपालक किसानको समस्या समाधानसँगै आवश्यक पर्नेभन्दा धेरै मह उत्पादन भइरहेकाले निर्यातको राम्रो ठाउँ खोजीदिन मन्त्री अधिकारीसमक्ष अनुरोध गर्नुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 67