Aamsanchar

विराटनगरमा सीटी सफारी चालकको प्रदर्शन कारण कोशी लोकमार्ग अवरुद्ध

Author Image
शुक्रवार, भदौ १४, २०८१

विराटनगर – विराटनगरमा कोशी लोकमार्ग (राजमार्ग)अवरुद्ध पारेर सीटी सफारी चालकले प्रदर्शन गरिरहेका छन्। लोकमार्गअन्तर्गत विराटनगरको बरगाछीस्थित सडकमा सफारी राखेर चालकले प्रदर्शन गर्न थालेपछि सवारी आवागमन प्रभावित बनेको छ। यातायातका साधन सञ्चालनमा अवरोध गर्दै चालकहरुले मध्यान्ह १२ बजेदेखि राजमार्ग बन्द गराएर आन्दोलन सुरु गरेका हुन्। विराटनगरको बरगाछीको ६ लेन सडकमा सफारी राखेर सडक अवरुद्ध गर्दै प्रदर्शन गर्न थालिएपछि सवारीसाधन सञ्चालन हुन सकिरहेको छैन।

सफारी चालकको बन्दका कारण बिरामी बोकेका एम्बुलेन्ससमेत सञ्चालनमा समस्या भइरहेको छ। अन्य कुनै पनि सवारीसाधन चल्न सकिरहेका छैनन्। त्यसअघि सफारी चालकहरुले विराटनगर महानगरपालिका कार्यालयअगाडि प्रदर्शन गरेका थिए।

लगििसफारी चालक अनिल रायले महानगरको गेटअगाडि सफारी तेस्र्याएर प्रदर्शन गरिएको बताए। विराटनगरका मुख्य राजमार्गमा सफारी सञ्चालनमा निषेध गरिएपछि चालकहरु आन्दोलित भएको जानकारी उनले दिए। रायले सरकारी निर्णय गलत भएकाले तत्काल सच्याउनुपर्ने माग चालकहरुको रहेको बताए।

विराटनगर महानगरपालिका एवं कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वयमा ट्राफिक प्रहरीले विराटनगरको रानी नाकादेखि ढाटसम्मको लोकमार्गमा सफारी सञ्चालन गर्न बिहीबारदेखि रोक लगाएको छ। त्यसको विरोधमा सफारी चालक आन्दोलित भएका हुन्।

लगििउनीहरुले लोकमार्गमा सफारी गुड्न पाउनुपर्ने माग राखेका छन्। सडकमा गुड्न प्रतिबन्ध लगाउनुभन्दा पनि व्यवस्थित बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवाज उनीहरुले उठाएका छन्।

आन्दोलनरत सफारी चालकले विराटनगरका मेयर नागेश कोइराला र प्रदेश सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिरहेका छन्। उनीहरुले ऋण गरेर किनेको सफारीलाई सडकमा गुड्न प्रतिबन्ध लगाएर गरिबमारा काम गरिएको गुनासो गरे। तत्काल निर्णय नसच्याए आन्दोलन थप चर्काउने तयारी रहेको चालक रायले बताए।

लगििधेरै संख्यामा रहेका सफारीका कारण विराटनगरको सवारी आवागमन अस्तव्यस्त बन्दै गएको छ। जथाभावी सफारी सञ्चालन गरिँदा र सफारीले नियम नमान्दा दुर्घटना बढेको सरकारी निकायको विश्लेषण छ। ट्राफिक प्रहरीका अनुसार विराटनगरमा अहिले ८ हजारभन्दा बढी सीटी सफारी छन्।

तर, विराटनगर महानगरपालिकामा भने करिब २ हजारको संख्यामा मात्रै दर्ता छन्। मोरङका ट्राफिक प्रमुख इन्सपेक्टर सुमन न्यौपाने सीटी सफारी सञ्चालनमा विशेष योजनासहित नयाँ नियम लागू गरिएको बताउँछन्। उनका अनुसार विराटनगरभित्रको कोशी लोकमार्गमा सफारी सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको हो।

लोकगर्मामा सफारी सञ्चालनमा निषेध गरिएको भनेर बिहीबार नै माइकिङ गरिएको थियो। दैनिक रुपमा सफारीको संख्या बढेका कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको न्यौपानेले बताए। सफारी सञ्चालनलाई व्यवस्थित बनाउन नयाँ नियम लागू गरिएको उनको भनाइ छ।

सफारी सञ्चालनका लागि केही निश्चित स्थान तोकिएको छ। ‘नयाँ नियमलाई प्रभावकारी ढंगबाट लागू गरिने छ,’ इन्सपेक्टर न्यौपानेले भने, ‘दर्ता नभएका सफारीलाई नियन्त्रणमा लिएर ‘होल्डिङ सेन्टर’मा राखिने छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर