Aamsanchar

युएईमा मृत्यु भएका २४ वर्षीय कृष्णप्रसाद पाण्डेको श*व ल्याउन आर्थिक समस्या

Author Image
शुक्रवार, भदौ १४, २०८१

काठमाडौं – युएईमा मृत्यु भएका २४ वर्षीय कृष्णप्रसाद पाण्डेको शव ल्याउन आर्थिक अभावका कारण समस्या भएको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ घर भएका पाण्डे दुई वर्षअघि भिजिट भिसामा युएई गएका थिए । उनी गत भदौ ९ गते आबुधाबी शहरमा मृत फेला परेका थिए ।युएईको प्रहरीले सडक छेउँ फेला परेको उनको शव आबुधाबीको अस्पतालमा बुझाएको थियो । उनको मृत्युको कारण भने खुलेको छैन ।

अहिले विदेशबाट शव फिर्ता ल्याउन एक लाख रुपैयाँ आवश्यक परेको मृतकका दाइ नाता पर्ने शशिधर पाण्डे बताए । तर परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएकाले पैसा जुटाउन समस्या भएको उनको भनाइ छ । ‘परिवारको अवस्था नाजुक छ’, शशिधर भन्छन्, ‘०७२ सालको भूकम्पमा घर भत्किएपछि परिवार भारतमा मजदुरी गरेर बसिरहेको छ ।’ उनका अनुसार मृतक पाण्डेका बुबा–आमा र श्रीमती भारतमा छन् ।

मृतकका दाइ शशिधरका अनुसार शुरुमा शव फिर्ता ल्याउन दुई लाख हाराहारी लाग्ने भनिएको थियो । तर कृष्ण कार्यरत रेष्टुरेष्टले एक लाख रुपैयाँ सहयोग गरिदिने भएपछि बाँकी पैसा परिवारले व्यहोर्नुपर्ने भएको उनले बताए । ‘परिवारको अवस्था यति नाजुक छ कि, उहाँहरु नेपाल समेत आउन सक्ने अवस्था छैन’, उनले भने, ‘यस्तोमा एक लाख बुझाएर शव झिकाउनुपर्ने छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर