Aamsanchar

बिर्तामोडमा पहिलो सामुदायिक पुस्तकालय उद्घाटन

Author Image
शुक्रवार, भदौ १४, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो सामुदायिक पुस्तकालयका रुपमा बिर्तामोड पब्लिक लाइब्रेरीको उद्घाटन भएको छ ।
बिर्तामोड पश्चिम बसस्ट्यान्ड दक्षिण रिभर साइडको कार्यालयसँगै सञ्चालनमा आएको पुस्तकालयको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आज उद्घाटन गरेका हुन् ।
मिसन बिर्तामोडको अगुवाईमा सञ्चालनमा आएको पुस्तकालयको उद्घाटन पुस्तकालयको स्थापनमा संयोजनकारी भूमिका खेलेका माधवकुमार झाको जन्मदिनको अवसरमा गरिएको हो ।
कार्यक्रममा उपप्रमुख संग्रौलाले हरेक नगरबासीलाई आफ्नो जन्मदिनको दिन एकएकवटा पुस्तक लाइब्रेरीलाई उपहारस्वरुप प्रदान गर्न आग्रह गरे । उनले पुस्तकालयलाई नगरपालिकाले सहयोग गर्ने विश्वास व्यक्त गरे।
पुस्तकालय उद्घाटन कार्यक्रममा युनाइटेड रिभर साइड युवा फाउन्डेसनका अध्यक्ष ओमबहादुर खड्काले पुस्तकालयका लागि कोठा उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए ।
पुस्तकालयका संयोजक झाले हाल दाताबाट प्राप्त करिब चार लाख रुपैयाँबराबरको विभिन्न विधाका पुस्तकहरु रहेको जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)