

काठमाडौं । जारी पेरिस पारा ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन क्वाटरफाइनलमा पराजित भएकी छन् ।

शुक्रबार भएको खेलमा के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यस प्रतिष्पर्धामा पलेशा क्वाटरफाइनलमा ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित भएकी थिइन् ।

उनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई पराजित गरेकी थिइन् । उनले मोराल्सलाई ३१–० ले पराजित गरेकी थिइन् ।

Views: 37

