Aamsanchar

‘माओवादी केन्द्रले भ्रष्टाचार पक्षधर विरुद्ध अन्तिम युद्ध गर्ने’

Author Image
शुक्रवार, भदौ १४, २०८१

मेचीनगर । माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले अब माओवादी केन्द्रले नेपालमा भ्रष्टाचार पक्षधर विरुद्धको अन्तिम युद्ध गर्ने बताएका छन् ।

योङ कम्युनिस्ट लिग नेपाल मेचीनगरको सातौं सम्मेलनको प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य तामाङले माओवादीको क्रान्तिबाट ब्यवस्था बदलेको र अब अवस्था बदल्न भ्रष्टाचार विरुद्ध अन्तिम संघर्ष गर्नुपर्ने बताएका हुन् ।

युवा नेता तामाङले सबै भ्रष्टाचार जोगाउन र भ्रष्टाचारीलाई उन्मुक्ति दिन एमाले(काङ्ग्रेस गठबन्धन भएको भन्दै समाजका टोलटोल र केन्द्रमा भएको भ्रष्टाचारलाई परास्त गर्दै सुशासनका लागि संघर्ष हुने बताएका थिए ।

अवस्था बदल्नका लागि युवाको ढुकढुकी ञवाइसीएलझ महत्त्वपुर्ण योगदान हुनुपर्नेमा जोड दिएका थिए । उनले भने, अब जनयुद्धबाट आमनागरिकले अधिकार पाएका छन्, त्यहीँ अधिकारलाई सुनिश्चित गर्न पुनः माओवादी पार्टीमा २०६४ दोहोरिँने छ ।झदेश भ्रष्टाचारको फोहोरै फोहोरले डङुर बनेको छ त्यसलाई वाइसीएलले सफा गर्दै भ्रष्टाचाररहित समाज निर्माण गर्न अघि बड्न निर्देशन दिएका थिए ।

महाभारतको सत्यताको बिषयको उदाहरण दिँदै नेता तामाङले भने,ञ सरकारको नेतृत्वमा रहँदा माओवादीले भ्रष्टाचारविरुद्ध गरेको काम र सहासपछि काङ्ग्रेस(एमालेका नेताभित्र भ्रष्टाचार देखिँएपछी त्यसको संरक्षण गरेपछि माओवादी पार्टी प्रतिपक्षमा बसेको हो, अब संगठनमा कतिजना भन्दापनि कुन धरातलमा छ भन्ने बिषय मुख्य हुनेछ, त्यसका लागि सत्य नै महान् हुन्छ ।झ

माओवादी अरुभन्दा २ स्टेप हिड्ने पार्टी भएकाले देशभरका करिब १ करोड २४ लाख युवालाई माओवादीमय बनाउने योजना बनाउने रहेको छ । देशको सबै भन्दा ठूलो सत्रु भ्रष्टाचार भएको उनको भनाई थियो ।

प्रतिनिधि सभामा ञहिंसाझको बिषयमा उठेको प्रशङ्गमा उनले माओवादीको जनयुद्धलाई हिंसा भन्ने हो २०२८ सालमा झापा बिद्रोहलाई पनि हिंसा भन्ने हुन्छ भन्ने प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर