Aamsanchar

ब्राजिलमा सामाजिक सञ्जाल ´एक्स` माथि प्रतिबन्ध

Author Image
शनिवार, भदौ १५, २०८१

ब्राजिलमा सामाजिक सञ्जाल ´एक्स` माथि प्रतिबन्ध गरिएको छ । ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि पछिल्लो कदम चालिएको हो । यसअघि दिएको २४ घण्टे अवधिमा एक्सले ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न असफल भयो । अदालतका सबै आदेश पूरा नगरेसम्म र जरिवाना नतिरेसम्म एक्सलाई ‘तत्काल र पूर्णरूपमा प्रतिबन्ध’ गर्न न्यायाधीश अलेक्जान्डर डे मोरेसले आदेश दिनुभएको हो ।

अस्ति बिहीवार सर्वोच्च अदालतका न्यायाधीश मोरेसले एलन मस्कलाई २४ घण्टाभित्र आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ को तर्फबाट कानूनी प्रतिनिधि नियुक्त गर्न आदेश दिनुभएको थियो । तोकिएको अवधिमा कानून व्यवसायी नियुक्त नगरेमा देशव्यापी रूपमा प्रतिबन्ध लगाउने चेतावनीसमेत दिनुभएको थियो ।

यस वर्षको शुरूमा ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश मोरेसले ´एक्स` का विभिन्न खाताबाट दुष्प्रचार फैलाएको आरोप लगाउँदै केही खाता बन्द गर्न आदेश दिएपछि विवाद शुरू भएको हो । तर ´एक्स` का प्रमुख मस्कले ब्राजिलका न्यायाधीशको आदेशलाई चुनौती दिँदै पुराना केही खातामाथिको प्रतिबन्ध हटाउनुभएको थियो । पछिल्लो कदमले मस्क र ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशबीच अभिव्यक्ति स्वतन्त्रता, तथा गलत सूचनाको विषयलाई थप बढाउने देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर