Aamsanchar

शिव पञ्चायन मुक्तिधाम लक्ष्मीपुरको १३ औं वार्षिक साधारणसभा सम्पन्न

Author Image
शनिवार, भदौ १५, २०८१

लक्ष्मीपुर । झापा कनकाई नगरपालिका ८ लक्ष्मीपुरको शिव पञ्चायन मुक्तिधामको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
आज (शनिवार) आफ्नै सामुदायिक भवनमा सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष लेखनाथ दाहालको अध्यक्षतामा आयोजित सभामा कनकाई ८ का वडाध्यक्ष लिलाबहादुर कटुवालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा  संस्थाका उपाध्यक्ष देवबहादुर बस्नेतले स्वागत मन्तव्य राखेका थिए ।  कार्यक्रममा योगी लालबहादुर कार्की, भक्तबहादुर बिष्ट, चेता राईलाई सम्मान गरिएको अध्यक्ष दाहालले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन टिका घिमिरेले गरेका थिए ।

साधारणसभामा प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मत पारित भएको  जेनिस दाहालले जानकारी दिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर