Aamsanchar

बिर्तामोडमा बसले मोटरसाइकललाई ठक्कर दिदा एकजनाको मृ*त्यु

Author Image
शनिवार, भदौ १५, २०८१


बिर्तामोड ।  झापाको बिर्तामोड मुख्य सडक हिकोला मोडमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज साँझ ५ बजे दुर्घटना भएको हो । बिर्तामोड बसपार्कबाट पश्चिम बस स्टेण्डतर्फ जाँदै गरेको यात्रुबाहक बस (प्र१–०२–००२००३५) ले बाटो क्रस गर्दै गरेको मोटरसाइकल (प्र१–०१–०१३५७००) लाई ठक्कर दिएको थियो ।

दुर्घटनामा इलाम जिल्ला, माई नगरपालिका ४, गैरीगाउँ निवासी ३६ वर्षीय ठिर प्रसाद सुवेदी र ३० वर्षीया तुलसा पाँचकोटी घाइते भएका थिए । घाइतेहरूलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा तुलसा पाँचकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मोटरसाइकल चालक सुवेदी सामान्य घाइते भएका छन् ।

दुर्घटनापछि बस र बस चालक २९ वर्षीय हिमाल बि.क लाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर