Aamsanchar

कवियत्री अनमोलको ‘अन्तिम कुमारी रात’ बिर्तामोडमा लोकार्पण 

Author Image
शनिवार, भदौ १५, २०८१

बिर्तामोड । सञ्चारकर्मी तथा साहित्यकार लीला अनमोलको कविता सङ्ग्रह ‘अन्तिम कुमारी रात’ को बिर्तामोडमा लोकार्पण गरिएको छ । केही दिन अघि काठमाडौंमा विमोचन गरिएको अनमोलको कविता सङ्ग्रह ‘अन्तिम कुमारी रात’ को गृह जिल्ला झापामा आज ९शनिवार० लोकार्पण गरिएको हो ।

अनमोलको कविता सङ्ग्रहको लोकार्पण कार्यक्रममा कवि तथा साहित्यकार प्रमुख अतिथि मनु मञ्जिलले रहनु भएको थियो। प्रमुख अतिथि मन्जिलले साहित्य कला संगीत मा मोफसल भन्ने नरहेको भन्नु भयो। राजधानीबासिले समेत अब त साहित्य लेख्न केही समय राजधानी छोडेर मात्र लेख्न सक्ने बताउनु भयो। कुनै साहित्यकार गीतकार सङ्गीतकार राष्ट्र को हुन्छ एउटा ठाउँ विशेष हुदैन मञ्जिलले भन्नु भयो।

नेपाल लेखक सङ्घ झापाको आयोजना तथा किरात मुन्धुम प्रतिष्ठान दमकको सह–आयोजनामा आयोजित कार्यक्रममा “अन्तिम कुमारी रात “नामक कविता सङ्ग्रहको समीक्षा साहित्यकार टिका आत्रेय र प्राज्ञ मुना राज शेर्माले गर्नु भएको थियो । लेखक सङ्घ झापाका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम समिक्षाको सहजिकरण साङसेन पन्धाकले गर्नु भएको थियो।
अनमोलको कवितामा धेरै चुनौतीहरू रहेको प्रेम विष्वास, घात प्रतिघात मा खुलेर बोल्न लेख्न नेपालमा कमै मात्र महिला कविहरु रहेको समीक्षक टीका आत्रेयले भन्नु भयो। कविता लेखनको क्रममा उनको साहस र आँटको आत्रेयले खुलेरै प्रशंसा गर्नु भयो ।

अर्का समीक्षक प्राज्ञ मुनाराज शेर्माले उपत्यका बाहिरका कविहरूका कविता तमसुक हुने गरेको केन्द्रको आरोप रहेको बताउँदै अनमोलको कविता समय सापेक्ष एक दमै उत्कृष्ट भएको बताउनु भयो ।
अनमोलको २ वटा कविता कवि पत्रकार प्रज्ज्वल अधिकारी ले वाचन गर्नु भएको थियो। अग्रज पत्रकार चन्द्र भण्डारी ,साहित्यकार कृण्ण बराल, साहित्यकार पुण्य खरेल, गीतकार शिव शङ्कर थापा ले कार्यक्रम मा शुभकामना दिनु भयो।

कार्यक्रममा झापा, मोरङ, सुनसरी,काठमाडौ, दार्जिलिङ का कवि साहित्यकार हरूको उल्लेख्य उपस्थिति रहेको थियो।

स्वागत कवि तथा साहित्यकार केशव आचार्यले गरेको कार्यक्रमको सञ्चालन गजलकार विवश बलिभद्र कोइरालाले गर्नु भएको थियो। सोही कार्यक्रम को अर्को खण्डमा कवि तथा गजलकार बाबु त्रिपाठीको एकल गजलको कार्यक्रमले दर्शक लाई मन्त्र मुग्ध बनाएको थियो। गजल वचनको कार्यक्रम को सञ्चालन गजलकार सुनिता तामाङले सञ्चालन गर्नु भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर