

काठमाण्डौ – घाँघर खोलामा आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडकमा गाडीको आवतजावत बन्द भएको जानकारी दिनुभयो ।

यो खोलामा पुल निर्माणको क्रममा रहेका कारण बाढी आउनासाथ आवतजावत ठप्प हुने गरेको छ । गएराति चितवनमा ठूलो पानी परेको थियो ।
Views: 88


