

काठमाडौं – ललितपुरको भैँसेपाटीस्थित एक होस्टेलमा एक युवा मृत फेला परेका छन् ।

ललितपुर प्रहरीका एसपी नरेश सुवेदीका अनुसार ललितपुरको भैँसेपाटीस्थित डीएमआई बाइबल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्ने मोरङका सकुल मर्डीको शव आज फेला परेको हो ।
उनको शव होस्टेलको कोठाभित्र आफ्नै बेडमा फेला परेको हो । उनको शव परीक्षणका लागि पाटन अस्पताल पठाइएको छ ।

Views: 54


