Aamsanchar

हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिए

Author Image
आइतवार, भदौ १६, २०८१

काठमाण्डौ – यस वर्षको शरद् ऋतुमा नेपालका हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका छन् । हिजोसम्म मनास्लु, अन्नपूर्ण चौथो र पुथा गरी तीन वटा हिमाल आरोहणका लागि आठ समूहका ३६ जना आरोहीले अनुमति लिएका विभाग अन्तर्गत पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

मनास्लु हिमालमा वसन्त ऋतुमा हिउँ बढी हुने भएकाले शरद् ऋतुमा आरोहण उपयुक्त मानिन्छ । गएको वर्षको शरद् ऋतुमा मनास्लु हिमाल आरोहणका लागि तीन सय एक जनाले अनुमति लिएका थिए । शरद् ऋतुमा सगरमाथामा भने सामान्यतया आरोहण हुँदैन ।

यो सिजनलाई सगरमाथा आरोहण गर्न जानुअघि तयारी गर्ने समयका रूपमा लिइने भएकाले मनास्लु, चो–ओयु, धवलागिरि, अन्नपूर्ण तेस्रो, आमादब्लमलगायतका हिमालमा बढी आकर्षण हुने गरेको छ । विभागले वसन्त र शरद् ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर