Aamsanchar

कोशी प्रदेशकाे विजयी शुरुवात

Author Image
आइतवार, भदौ १६, २०८१

काठमाडौँ – एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले पहिलो खेल जितेर विजयी शुरुवात गरेको छ।

अखिल नेपाल फुटबल संघको मुख्यालय सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको उदघाटन खेलमा वालिङ नगरपालिका स्याङ्जालाई ४–० गोलले पराजित गर्दै कोशीले विजयी शुरुवात गरेको हो।

कोशीको जितमा समीक्षा मगरले २ गोल गरिन् भने सञ्जुमाया तामाङ र प्रतीक्षा राईले १र१ गोल गरे। वालिङले गोल फर्काउने प्रयास गरे पनि गोल गर्न असफल भयो।

प्रतियोगितामा नेपाल पुलिस, संकटा, कोशी प्रदेश, कर्णाली प्रदेश, बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब सहभागी रहेका छन्।

प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ, वालिङ नगरपालिका स्याङ्जा, चन्द्रपुर नगरपालिका रौतहट र सुदूरपश्चिम प्रदेश गरी १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने एन्फाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर