Aamsanchar

भोजपुर घरमै पुगेर प्रकाश मोक्तानलाई नागरिकता प्रदान

Author Image
आइतवार, भदौ १६, २०८१

भोजपुर – भोजपुरको षडानन्द गाउँपालिकाका प्रकाश मोक्तानलाई प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।

प्रकाश सानैदेखि चुमभ्यालीमा बसेको र घर परिवारसमेत थाहा नपाएको विषय युट्युब च्यानल ´हेर्ने कथा` मार्फत बाहिर आएको थियो । प्रकाशको घरपरिवार मात्रै नभई अहिलेसम्म नागरिकता नै नबनेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो व्यक्त गर्नुभएको थियो ।

आज प्रकाश मोक्तानलाई घरमै नागरिकता दिइएको षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालयका दिङलाका प्रमुख विनोद ज्ञवाली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं, वडाअध्यक्ष प्रेम दोर्जी शेर्पा लगायतले प्रकाशलाई नागरिकता प्रदान गर्नुभएको हो ।

षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले अब प्रकाशलाई उहाँको योग्यताअनुसारको रोजगारी दिने बताउनुभएको छ । ‘विभिन्न दाताहरूले उहाँको घर बनाउने काम शुरू गरिसकेका छन् । अब रोजगारीको कुरा आउँछ, उहाँको योग्यताअनुसारको रोजगारी दिन नगरपालिका तयार छ । रोजगारी चाहियो भने सम्पर्क गर्नुहोस् भनेको छु । तर अहिले उहाँ समाजसँग घुलमिल नभएकाले कुनै पनि विषयको मेसो पाउनुभएको छैन, उहाँ तयार हुनासाथ हामीले योग्यताअनुसारको रोजगारी दिन्छौं’, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर