Aamsanchar

नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का प्रस्थान

Author Image
आइतवार, भदौ १६, २०८१

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का प्रस्थान गरेको छ । श्रीलङ्का डेभलपमेन्ट स्क्वायडसँगको तीन वटा खेलको एकदिवसीय क्रिकेटका लागि नेपाली टोली आज श्रीलङ्का प्रस्थान गरेको हो । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली श्रीलङ्का गएको हो ।

नेपाल र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडसँगको पहिलो खेल पर्सि मङ्गलवार हुनेछ । यस्तै दोस्रो खेल आउँदो बिहीवार र तेस्रो तथा अन्तिम खेल शनिवार हुनेछ । श्रीलङ्का भ्रमणका लागि रोहित पौडेलको कप्तानीमा १९ सदस्यीय टोली घोषणा भइसकेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आउँदो सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खला खेल्दैछ । यो शृङ्खलामा घरेलु टोलीसँगै नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ । यसपछि नेपाली टोलीले आउँदो अक्टोबरमा अमेरिकामा हुने शृङ्खला हुनेछ । यो शृङ्खलामा घरेलु टोली अमेरिकासँगै नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल ४ खेलमा २ अङ्कसहित सातौं स्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर