Aamsanchar

पूर्वी नाका काँकडभिट्टाबाट १४ करोड ९३ लाख रुपैयाँको खुदो बङ्गलादेश निर्यात

Author Image
आइतवार, भदौ १६, २०८१

झापा – पूर्वी नाका काँकडभिट्टाबाट गएको आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९३ लाख ६९ हजार रुपैयाँ बराबरको खुदो बङ्गलादेश निर्यात भएको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गएको आर्थिक वर्षमा नौ हजार सात सय ४१ दशमलव ६५ मेट्रिक टन खुदो बङ्गलादेश निर्यात भएको हो ।

भारतले बङ्लादेशमा खुदो निर्यात गर्दा ५० प्रतिशत कर लगाएसँगै नेपालबाट यसको माग बढेको व्यवसायी एवम् क्लियरिङ एजेन्ट नवीन दाहाल बताउनुहुन्छ । उहाँका अनुसार आउँदा दिनमा नेपालबाट खुदो बङ्गलादेश निर्यात हुने क्रम थप बढ्न सक्ने सम्भावना छ । आउँदो कात्तिकरमङ्सिरदेखि उखु पेल्न शुरू भएसँगै ठूलो मात्रामा खुदो बङ्गलादेश निर्यात हुने व्यवसायी दाहालको भनाइ छ ।

चालू आर्थिक वर्षको भदौ दोस्रो हप्तासम्म तीन हजार पाँच सय ५५ दशमलव ६ मेट्रिक टन अर्थात् पाँच करोड ३१ लाख ९७ हजार रुपैयाँ बराबरको खुदो बङ्गलादेश निर्यात भएको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रमुख पाण्डेका अनुसार नेपालको पूर्वी नाका काँकडभिट्टाबाट भारतको पश्चिम बङ्गालको फूलबारी, बङ्गलादेशको उत्तरी नाका बङ्गलाबन्ध हुँदै बङ्गलादेशसँग व्यापार हुँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर