Aamsanchar

रकम हिनामिना गर्ने एभरट्रष्ट सहकारीका उपाध्यक्षसहित ५ जना पक्राउ

Author Image
आइतवार, भदौ १६, २०८१

काठमाडौँ । एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्था लि. को रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरको वडा नम्बर ७ स्थित चुच्चेपाटीमा कार्यालय रहेको सो सहकारीले बचतकर्ताको १५ करोड ९१ लाख अपचलन गरेको आरोपमा उपाध्यक्ष बबिता डंगोलसहित पाँच जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डंगोलसहित सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फुयाल, सदस्यहरु रामलाल महर्जन, अमरभाई महर्जन रहेका छन् । पक्राउ परेका सबै पाँच जनालाई काठमाडौँ जिल्ला अदालतबाट ८ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ ।

Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य
आइतवार, पौष ६, २०८२
सुनको भाउ घट्यो
शुक्रवार, पौष ४, २०८२