Aamsanchar

मिस युनिभर्स नेपालको यो वर्षको ताज सार्वजनिक

Author Image
आइतवार, भदौ १६, २०८१

काठमाडौं – विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको नेपाली संस्करण मिस युनिभर्स नेपालको यो वर्षको ताज सार्वजनिक गरिएको छ। ‘स्टार अफ द युनिभर्स ’ नाम दिइएको उक्त ताज मिस युनिभर्स २०२३ सेनिस पलासियोसले सार्वजनिक गरेकी हुन्।

२४५ ग्राम ह्वाइट गोल्ड र बहुमूल्य हिरा प्रयोग गरेर बनाइएको क्राउन शनिबार साँझ एक समारोहका बीच सार्वजनिक गरिएको हो। क्राउनको मूल्य अहिले बजार मूल्य अनुसार २५ हजार अमेरिकी डलर पर्ने आयोजकले जानकारी दिएका छन्। ताजको डिजाइन अस्मी ज्वेलर्स ग्लोबलले गरेको हो।

क्राउन सार्वजनिक गर्दै मिस युनिभर्स सेनिसले भनिन्, ‘यो ताज केवल ताज मात्र नभएर कडा परिश्रमको प्रतिफल हो, र विश्व स्टेजमा नेपालको प्रतिनिधित्व गर्ने सपना र जिम्मेवारी पनि हो।’

‘स्टार अफ द युनिभर्स’ नाम दिइएको यस ताजको डिजाइन रातको आकाशमा देखिने तारामन्डलको सौन्दर्यबाट प्रेरित छ। प्रिमियम व्हाइट गोल्डबाट बनाइएको यो ताजमा बहुमुल्य हीरा र ताराहरूको चमक झल्काउने अन्य रत्नहरूले सजिएको छ। डिजाइनमा मार्गदर्शन र प्रतिभाको प्रतीकका रूपमा तारा मन्डलहरू राखिएको डिजाइनर अस्मी ज्वेलर्स ग्लोबलले जनाएको छ।

लगिि

यी तारामन्डलले विजेतालाई तारामन्डलजस्तै उज्ज्वल, प्रेरणादायक, र कालातीत हुन प्रेरणा प्रदान गर्ने मात्र नभइ मिस युनिभर्सको साइनिङ स्पिरिटलाई पनि प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ। मिस युनिभर्स नेपालको ग्रान्ड फिनाले भदौ २२ गते शनिबार हायात होटलमा हुँदैछ। उपाधिका लागि २२ जना फाइनलिस्ट भिड्ने तयारीमा रहेको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले जानकारी दिएको छ।

ताज सार्वजनिक गर्नु अगाडि २२ प्रतियोगीहरूको प्रिलिमिनरी राउन्ड सम्पन्न भएको थियो जसमा इशानी श्रेष्ठ, सोफिया भुजेल, सवि पुरी, अलेक्ज्याण्डर गोन्जालेज र विदुषी राणाले जजको भूमिका निर्वाह गरेका थिए। यी २२ प्रतियोगीहरूको भोटिङ राउन्ड खल्तीमार्फत सुरु भइसकेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर