Aamsanchar

घरमा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट बालककाे मृ*त्यु

Author Image
सोमवार, भदौ १७, २०८१

धनगढी – कैलालीमा सर्पदंशबाट गएराति एक बालकको ज्यान गएको छ।

घरमा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट धनगढी उपमहानगरपालिका–९ वनदेवी टोलका माया विकका पाँच वर्षीय छोरा अरुणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाकीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए।

उनको घरमा सुतिरहेको अवस्थामा राति १२ बजे सर्पले टोकेको थियो। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। उनको उपचारकै क्रममा राति दुई बजे निधन भएको बोहराको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर