Aamsanchar

महिला संघ बिर्तामोड ५ नम्बर वडा समितिद्वारा तीजमा बाल आश्रमलाई सहयोग

Author Image
सोमवार, भदौ १७, २०८१


बिर्तामोड – बिर्तामोडस्थित तारा नमस्ते बालआश्रमका बालबालिकालाई ६ हजार मूल्य बराबरको खाद्यान्न सामग्री र हस्तान्तरण गर्दै नेपाल महिला संघ बिर्तामोड ५ नम्बर वडा समितिले तीज विशेष कार्यक्रम सप्पन्न गरेको छ ।
बाल आश्रम परिसरमा आयोजित कार्यक्रमका बीच त्यहा आश्रय लिएर बिद्यालयमा अध्ययनरत बालबालिकालाइ दाल, चामल लगायतका खाद्यान्न सामग्री बितरण गरिएको हो ।
नेपाल महिला संघ बिर्तामोड ५ नम्बर वडा समितिका अध्यक्ष पार्बता बस्नेतको सभापतितब र नेपाली काङ्ग्रेस महासमिति सदस्य सीता पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य राधा सुब्बा, नेपाल महिला सङ झापा अध्यक्ष टीका सिटौला मैनाली, जिल्ला सदस्य धनमाया चुडाल सापकोटा, एबिसी नेपाल अध्यक्ष कन्चना ढकाल सिटौला, महिला उध्यमी समुहकी अध्यक्ष राधिका चुडाल हुमागाइ, नेपाली काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि रिता कोइरालालगायतले शुभकामना मन्तब्य राख्नुभयो । कार्यक्रमको औचित्यमाथी प्रकाश सुष्मा पौडेलले पार्नुभएको थियो ।
त्यसपछि महिला उध्यमी संघले त्यहा आस्रित बालबालिकालाई ११ हजार नगद सहयोग हस्तान्तरण गरेको थियो । संघका अध्यक्ष सुष्मा पौडेलको अध्यक्षतामा सप्पन्न कार्यक्रममा आश्रमका सञ्चालक यसोदा चापागाईंलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)