Aamsanchar

भत्ताका लागि कार्ड नवीकरण गरेर फर्कँदै गरेकी बृद्धाकाे आँखामा खुर्सानीको धुलो छर्केर सुन लुट्ने पक्राउ

Author Image
सोमवार, भदौ १७, २०८१

रामेछाप – रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ नागदहकी ६० वर्षीया सुन्तलीमै तामाङको आँखामा खुर्सानीको धुलो छर्केर सुन लुट्ने किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा तामाकोशीको नागदहकै १९ वर्षीय चन्द्र घिसिङ रहेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

गएको साउन ३० गते वडा कार्यालयमा एकल महिला भत्ताका लागि कार्ड नवीकरण गरेर घर फर्कँदै गरेकी तामाङलाई घिसिङले आँखामा खुर्सानीको धुलो छर्केर कानमा लगाएको सुनको रिङ लुटेर फरार भएका थिए ।

घिसिङलाई लुटेको सुनसहित पक्राउ गरेर रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर